‘डाँडाको वर पीपल’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘डाँडाको वर पीपल’को ट्रेलर सार्वजनिक भएको छ । असोज २६ गतेबाट प्रदर्शन हुने चलचित्रमा जातको कथा प्रस्तुत गरिएको छ ।

चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, सलोन बस्नेत, गौरी मल्ल र रुविना थापाको मुख्य भूमिका छ । त्यस्तै विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, सङ्गम भण्डारी, सुशान्त कुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपाने लगायतका कलाकारको पनि अभिनय छ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा नवराज गिरीको लगानी छ । रामकाजी घिमिरेको लेखन रहेको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया र एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको एक्सन, गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *