पिएसजीको पहिलो हार
२०७८ असोज १८ गते

काठमाडाैँ । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जारी सिजन लिग वानमा पहिलो हार भोगेको छ । लगातार ८ खेल सम्म निरन्तर जित यात्रा बनाएको पिएसजी नवौं खेलमा भने रेनिससँग पराजित हुन पुग्यो ।
आइतबार भएको खेलमा पिएसजीको पोस्टमा रेनिसले २ गोल गरेको थियो । अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीको आगमनपछि पिएसजीको यो पहिलो हार हो । मेसीसहित नेइमार र केलियन एम्बाम्पेलाई मैदान उतारेपनि पिएसजीले रेनिसको पोस्टमा कुनै खतरनाक प्रहार गर्न सकेन ।
स्टार खेलाडीका बाबजुत पिएसजी गोल विहिन बन्यो । उसको यो अप्रिलपछि लिग वानमा पहिलो हार हो । अप्रिलमा पिएसजी लिलेसँग पराजित भएको थियो । हारका बाबजुत पिएसजी नौ खेलमा २४ अंकका साथ लिग वानको शीर्प स्थानमा यथावत छ । दोस्रो स्थानको लेन्सको १८ अंक छ ।
२०७८ असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








