पार्टीलाई बहुमत दिलाएर मात्रै नेतृत्व छाड्छु : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बहुमत दिलाएर मात्रै पार्टीको नेतृत्व छाड्ने बताएका छन् । शुक्रबारदेखि ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा शुरू भएको पहिलो विधान महाधिवेशनमा प्रेषित राजनीतिक प्रतिवेदनमाथि समूहगत रूपमा उठेका प्रश्नहरूको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन् । ‘बहुमतमा पुर्‍याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छोड्ने हो,’ ओलीले भनेका छन् ।

यस्तै ओलीले आफूलाई जनता र कार्यकर्ताहरूले गरेको माया देखेरे विपक्षहरू रिसाउने गरेको पनि बताए । ‘ममाथि विपक्षीहरू दुई तौरले रिसाउने गरेका छन्,’ ओलीले भने, ‘एउटा त म बाँचेकैमा रिस छ उनीहरूलाई । अनि अर्को त मलाई जनता र कार्यकर्ताहरूले गरेको माया देखेर रिस गर्छन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *