ओली भन्छन्- ‘कोही म बाँचेकोमै चिन्तित छन्’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू आफू बाँचेकोमा चिन्तित रहेको बताएका छन् । शुक्रबार ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा शुरू भएको प्रथम विधान महाधिवेशनमा प्रेषित राजनीतिक प्रतिवेदनमाथि समूहगत रूपमा उठेका प्रश्नहरूको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन् । ‘कोही म बाँचेकैमा चिन्तित छन्,’ ओलीले भने, ‘बिरामी भयो अब त हुन्छ कि भन्छन् फेरि बाँच्छु, फेरि थप चिन्तित हुन्छन् । अब म बाँचेकैमा चिन्तित छन् त, म क गरुँ ?’

आफूलाई जनता र कार्यकर्ताहरूले गरेको माया देखेरे पनि विपक्षहरू रिसाउने गरेको ओलीको भनाइ थियो । ‘ममाथि विपक्षीहरूले दुई तौरले रिसाएका छन्,’ ओलीले भने, ‘एउटा त म बाँचेकैमा रिस छ उनीहरूलाई । अनि अर्को त मलाई जनता र कार्यकर्ताहरूले गरेको माया देखेर रिस गर्छन् ।’

यस्तै ओलीले आफूमाथिको जनताको विश्वासलाई रतिभर डग्मगाउन नदिने संकल्प गरे । भने— ‘मलाई जुन यो विश्वास दिनुभएको छ । जुन भरोसा गर्नुभएको छ । म त्यसलाई केसभर पनि तलमाथि हुन दिन्नँ । कार्यकर्ताहरूले जुन माया र विश्वास गर्नुभएको छ, त्यसलाई अलिकति पनि तलमाथि हुने दिने छैन । म व्यक्ति होइन, एमालेको अध्यक्षको रूपमा यसो भन्दैछु ।’

यस्तै ओलीले आफूले एमालेलाई थप सुदृढ बनाएर मात्रै छाड्ने बताए । ‘एमालेलाई पुनः थप स्थापित गरेर, सुदृढ बनाएर र कसैले पनि हल्लाउन नसक्ने बनाएर छाड्नेछु,’ ओलीले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *