स्वारेज नायक बन्दा बार्सिलोना स्तब्ध
२०७८ असोज १७ गते

काठमाडाैँ । आफ्नो पूर्व क्लबविरुद्ध उरुग्वे स्टार लुईस स्वारेज चम्किएपछि साविक च्याम्पियन एट्लेटिको म्याड्रिडले प्रभावसालि जित निकालेको छ । शनिबार एट्लेटीको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनामाथि २-० को सहज जित निकाल्दै म्याड्रिड रियल समान १७ अंक बनाउन सफल भयो ।
२३औं मिनेटमा स्वारेजको पासमा थोमस लेमारले टीमलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमानै अग्रता दोब्बर बनाउने क्रममा स्वारेजले ४४औं मिनेटमा दोस्रो गोल गरे। खराब लयबाट गुज्रिरहेको बार्सिलोनाको ला लिगमा यो सिजन पहिलो हार हो । आठ खेलको समाप्तमिा बार्सिलोना १२ अंक बनाएर नवौं स्थानमा धकेलिएको छ ।
जारी सिजन ला लिगाका साता खेलम बार्सिलोनाले तीन जित,तीन बराबरी र एक हार ब्यहोरेको छ । च्याम्पियन्स लिगमा लगातार दोस्रो खेल गुमाउँने क्रममा बार्सिलोना गत साता बेन्फिकासँग ३-० ले पराजित भएको थियो ।
२०७८ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित








