इंग्लिस प्रिमियर लिगमा म्यानयूको बराबरी

काठमाडाैँ । एन्ड्रोस टाउनसेन्डसले दोस्रो हाफमा बराबरी गोल फर्काएपछि एभरटनले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडलाई बराबरीमा रोकेको छ ।

शनिबार  भएको खेलमा युनाईटेड घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा युनाईटेडले अङ्क बाड्न बाध्य भयो। खेलको ४३ औँ मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । युनाईटेड विरुद्ध खेलको ६५ औँ मिनेटमा एन्द्रोस टाउनसेन्टले बराबरी गोल फर्काए । त्यसपछि खेलमा दुवै तर्फबाट थप गोल भएन ।

यद्यपि एभरटनले दोस्रो हाफमा गोलका थप अवसर खेर फाल्यो । ८५ औँ मिनेटमा एभरटनका एरी मिनाले गरेको गोललाई भीएआरमा अफसाइड देखिएपछि युनाईटेडको संभावित हार टरेको थियो । युनाईटेड ७ खेलमा १४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । एभरटन १४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =