ईपीएलमा आज दुई खेल
२०७८ असोज १७ गते

फाइल फाेटाे
काठमाडाैँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौं किङ्स-११ र विराटनगर वारियर्स प्रतिस्पर्धा गर्नेछन् भने, दोस्रो खेल ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सबीच हुने तय भएकाे हाे ।
काठमाडौं र विराटनगरबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ भने करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जित निकाल्न चाहन्छ ।
दिउँसो १ः३० बजोट हुने दोस्रो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । ललितपुर चौंथो स्थानमा रहेको छ ।
२०७८ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित








