चलचित्र ‘सत्यम्’मार्फत नेरिस्काको डेब्यू

काठमाडौँ । चलचित्र सत्यम्‌मा बालकलाकार नेरिस्का स्थापित अनुबन्धित भएकी छन् । लिटिल स्टार अफ द इयर २०१९ कि विजेता स्थापितले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू चलचित्रमा जोडिएको बताएकी छन् ।

यस अघि केही म्युजिक भिडिओ र विज्ञापनमा देखिएकी उनको ‘सत्यम्’ पहिलो चलचित्र हो । उनको अभिनयलाई सामाजिक सञ्जालमा समेत मन पराइएको छ ।  चलचित्रमा राजेश हमाल, पल शाह र अनुपविक्रम शाही यसअघि नै अनुबन्धित भएका छन् ।

चलचित्रमा शङ्कर कार्कीको निर्देशन रहने छ भने निर्माता रेशम सापकोटा रहेका छन् । सापकोटाको लेखन तथा लगानी रहने चलचित्रमा सह–निर्माताको रूपमा श्याम मल्ल र गणेश पौडेल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *