दिवाकर-दीपिका जीवन, चलचित्र र व्यवसायमा सँगसँगै

काठमाडौँ । चलचित्र ‘ऐश्वर्या’को तयारी चल्दै थियो । निर्देशक दिवाकर भट्टराईलाई नायिकाको खाँचो थियो । उनले दीपिका प्रसाईँलाई भेटे । मनोरञ्जन क्षेत्रमा आउने दीपिकाको कुनै योजना थिएन । चलचित्रमा नै संसार देखेका दिवाकरले दीपिकालाई कन्भेन्सन गराए र चलचित्रमा अनुबन्ध गर्न सफल भए ।

चलचित्रमा एक साथ काम गर्दा गर्दै निकटता बढ्दै गयो । प्रेममा परे । पारिवारिक सहमतिमै विवाह पनि गरे । दीपिका छानेर मात्रै चलचित्रमा काम गर्ने योजनामा थिइन् । त्यस्तै नै भयो । उनी छक्का पन्जा सिरिजको एक चलचित्रमा देखिइन् । त्यसपछि दिवाकरकै निर्माण तथा निर्देशनमा बन्ने चलचित्र ‘तिमीसँगै हुन मन छ’मा काम गर्ने तयारीमा थिइन् ।

दीपिकाले दिवाकरलाई पटक पटक व्यवसायमा लाग्न प्रेरित गरिरहन्थिन् । चलचित्र पनि रोकियो । अब के त ? भन्ने पनि लाग्यो दिवाकरलाई । यसैले उनीहरूले पहिलो व्यवसाय हिमालयन बहुउद्देश्यीय सहकारी संस्था खोले ।

तर प्री प्रोडक्सनको काम सकेर छायाङ्कनमा जान लागेको चलचित्र कोरोना प्रभावको कारण रोकियो । दीपिकाले दिवाकरलाई पटक पटक व्यवसायमा लाग्न प्रेरित गरिरहन्थिन् । चलचित्र पनि रोकियो । अब के त ? भन्ने पनि लाग्यो दिवाकरलाई । यसैले उनीहरूले पहिलो व्यवसाय हिमालयन बहुउद्देश्यीय सहकारी संस्था खोले ।

‘मेरो त सबै थोक नै चलचित्र हो । तर कोरोनाले मनोरञ्जन क्षेत्र थलियो । चलचित्र बनाउने स्थिति नहुँदा यसै बस्ने कुरा पनि भएन । दीपिकाकै योजनाअनुरूप सहकारीबाट व्यवसायमा हात हालेका छौँ‚’ दिवाकर भन्छन् ।

औपचारिक सुरुवात नगरिसकेको ‘लभ स्टेसन रेस्टुरेन्ट तथा बार’ उनीहरूको व्यवसाय विस्तारको अर्को पाइला हो । परिकारको सूची तय भएपछि औपचारिक कार्यक्रम नै गरेर सुरुवात गर्ने योजना दिवाकर-दीपिकाको छ । रेस्टुरेन्टको स्लोगनमा ‘अ कुल प्लेस टु ह्याङ्गर आउट’ लेखिएको छ । यसबारे दिवाकार भन्छन्, ‘रेस्टुरेन्टमा आउने ग्राहक एकै प्रकृतिका हुँदैनन् । कसैलाई धेरै भोक लागेको हुन्छ । खाएर निस्किहाल्छु भन्ने हुन्छ । उहाँहरूका लागि २० मिनेटमै खानेकुरा तयार हुन्छ । कोही आफ्ना लागि केही खास समय छुट्याउन चाहनुहुन्छ तर यस्तो ठाउँ काठमाडौँ व्यस्त जीवनमा खासै पाउन सकिन्न । यसको समाधान पनि लभ स्टेसन नै हुन सक्छ । अझ कोही त आफ्नो कामका लागि नै केही घण्टा शान्त ठाउँ खोज्दै आउनुहुन्छ । ग्राहकलाई लागि हामी उहाँहरूले खोजे अनुकूलको वातावरण मिलाउनेछौँ ।’

सहरभरि मनग्ये छन् रेस्टुरेन्ट । अझ दिवाकर त विदेशमा एउटा रेस्टुरेन्ट चलाइवरि ‘डुबेका’ मान्छे । त्यसमाथि उनी स्वयम् नै आफू चलचित्रको काममा जसरी अरू काममा डुबेर गर्न नसक्ने बताउँछन् । किन पुनः व्यवसायी बन्ने हिम्मत जुटाएको होला त ? दिवाकर भन्छन्‚ ‘यो व्यवसायमा दरिलो हात दीपिकाको नै हुनेछ ।’

चलचित्रमा सहकार्य भयो, प्रेम भयो, विवाह भयो र व्यवसायमा समेत लागेको छ यो जोडी । मायामा मानिस बदलिन्छ भनेझैँ दीपिकाले मनोरञ्जन क्षेत्रलाई प्रेम गर्न थालिन् भने दिवाकर व्यवसायमा आकर्षित भएका छन् । यसैले त होला यी दुई उदाहरणीय ‘जीवनसाथी’ बनेका ।  

केही फरक योजनासहित उनीहरूले यो रेस्टुरेन्ट खोलेका रहेछन् । यहाँ चाहिने सागपात र मासु स्वयम् नै अर्ग्यानिक रूपमा उत्पादन गर्नका लागि दक्षिणकाली नजिकै उनीहरूले जग्गा भाडामा लिएका छन् । जहाँ फार्म बनाएर सागपातसँगै कुखुरा पाल्ने योजना रहेछ । आफ्नो रेस्टुरेन्टका लागि आफ्नै बारीको उत्पादन गर्ने ‘गज्जब सोच’ उनले सुनाए । तर उनी चलचित्रलाई पुरै माया मारेर व्यवसायमा नलागेको दाबी गर्छन् ! चलचित्र क्षेत्रकै मानिसहरूलाई पनि जमघटको लागि कुनै विश्वसनीय स्थान चाहिने । त्यसको समाधान ‘लभ स्टेसन’ बन्न सक्ने उनको बुझाइ छ ।

चलचित्रको काममा निरन्तरता दिने र अब छिट्टै नयाँ कामको थालनी गर्ने पनि दिवाकरले बताए । व्यवसायी पुनम यादवले ठुलो लगानीमा निर्माण गरेको चलचित्र दिवाकरले नै निर्देशन गर्दैछन् । उनको आफ्नै चलचित्रको छायाङ्कनका लागि टिम भेट्न यही हप्ता उनी भारत जान लागेको उनले बताए ।

चलचित्रमा सहकार्य भयो, प्रेम भयो, विवाह भयो र व्यवसायमा समेत लागेको छ यो जोडी । मायामा मानिस बदलिन्छ भनेझैँ दीपिकाले मनोरञ्जन क्षेत्रलाई प्रेम गर्न थालिन् भने दिवाकर व्यवसायमा आकर्षित भएका छन् । यसैले त होला यी दुई उदाहरणीय ‘जीवनसाथी’ बनेका ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *