गुरुङको ‘बोली मिठो’ सार्वजनिक
२०७८ असोज १५ गते

काठमाडौँ । गीतकार बालक गुरुङको गीत ‘बोली मिठो, मुस्कान मिठो…’ सार्वजनिक भएको छ । राजेश पायल राई र सुनिता थेगिम लिम्बुको स्वर, बालककै सङ्गीत, अशोककुमार राईको सङ्गीत संयोजन गीतमा रहेको छ ।
गीतकार सङ्घ नेपालका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष बसन्त वित्यासी थापा, महासचिव रमेश कोइराला, सचिव महेश आचार्य, कोषाध्यक्ष जे.बी. समयोगी, सदस्य शीतल कादम्बिनीलगायत एवम् सञ्चारकर्मीको उपस्थितिमा शुक्रबार गीतकार सङ्घ नेपालको सभाकक्षमा भिडिओ सार्वजनिक गरिएको हो ।
दुर्गा बान्तवा राईको छायाङ्कन रहेको भिडिओमा मनोज राईको सम्पादन छ ।
२०७८ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित








