माल्दिभ्सविरुद्ध २२ वर्षपछि जितको खोजीमा नेपाल

काठमाडौँ । १३औँ साफ च्याम्पियनसीप आजबाट माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सुरू हुँदैछ ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोली माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति ९:४५ मा सुरू हुनेछ । दक्षिण एसियाको सर्वाधिक ठुलो फुटबल प्रतियोगिताको कम्तीमा फाइनल पुग्ने लक्ष्यसहित पुगेको नेपाललाई आजको खेल पहिलो र बलियो परीक्षा पनि हुनेछ ।

याे पनि : नेपाल जितका लागि मैदानमा अन्तिमसम्म लड्छ : कप्तान किरण

नेपाल माल्दिभ्सविरुद्ध २२ वर्षपछि जित निकाल्ने ध्याउनमा हुनेछ । पछिल्लो पटक १९९९ मा भएको आठौँ दक्षिण एसियाली खेलकुदमा २-१ ले माल्दिभ्सलाई हराएयताका २२ वर्षमा मालदिभ्सलाई हराउन सकेको छैन । पछिल्लो पटक २०१८ को १२औँ साफ च्याम्पियनसीपको सेमीफाइनलमा नेपाल माल्दिभ्ससँग ३-० ले पराजित भएको थियो । माल्दिभ्स त्यो संस्करणको च्याम्पियनसमेत बन्यो ।

यो पनि : सहज छैन नेपाललाई साफ च्याम्पियनसीप

नेपाल र माल्दिभ्स समग्रमा १६ पटक प्रतिस्पर्धा गरेकोमा नेपालले ४ खेलमात्र जितेको छ । त्यो पनि सन् १९९९ अघि मात्र । सन् २००९ र २०११ को साफ च्याम्पियनसिपमा भने नेपालले माल्दिभ्सलाई बराबरीमा रोकेको थियो । त्यसयता भएका तीन भेटमा माल्दिभ्स विजयी भएको छ । समग्रमा नेपालसँगका १६ मध्ये ८ खेलमा माल्दिभ्स विजयी भएको छ ।

यो पनि : साफ च्याम्पियनसीप : कस्ता प्रतिद्वन्द्वीसँग खेल्दैछ नेपाल ?

त्यसैले कमजोर इतिहास बोकेको नेपालका लागि माल्दिभ्सको घरेलु मैदानमा जित निकाल्नु निकै कठिन छ । यद्यपि नेपाल २२ वर्षे पुरानो जितको कथा माल्दिभ्सलाई उसकै मैदानमा हराएर दोहोर्‍याउन चाहन्छ । कप्तान किरणकुमार चेम्जोङले नेपाल जितका लागि मैदान उत्रने र घरेलु मैदान र समर्थकको केही फाइदा मालदिभ्सलाई भए पनि नेपाल त्यससँग नडराउने बताएका छन् ।

यो पनि : नेपाललाई असफलताको इतिहास तोड्ने अवसर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *