छायाङ्कनमा चलचित्र ‘बिहार से काठमाडौँ’

काठमाडौँ । चलचित्र ‘बिहार से काठमाडौँ’ को छायाङ्कन सुरु भएको छ । आशुतोष फिल्म प्रोडक्सन प्रा.लि. एन्ड नमस्ते नेपाल इन्टरटेनमेन्टले बनाउन लागेको चलचित्रको छायाङ्कन वीरगञ्जबाट सुरु गरिएको हो ।

नवीनकुमार अग्रवालको प्रस्तुतिमा बन्न लागेको चलचित्रलाई नारायण दत्त उपाध्यायले निर्देशन गर्दैछन् । चलचित्रमा गोपाल पौडेल र किरण सरकारले लगानी गरेका छन् ।

भोजपुरी नायक परदेशी साहरको साथमा नायिका एलिना बास्कोटा चलचित्रको मुख्य भूमिकामा देखिँदैछन् । एक महिनामा चलचित्रको छायाङ्कन सकेर छठ पर्वको समयमा रिलिज गर्ने तयारी गरिएको निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *