ईपीएलमा ललितपुरद्वारा विराटनगर सामु २२७ रनको विशाल लक्ष्य

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा ललितपुर प्याट्रिएट्सले विराटनगर वारियर्ससामु २ सय २७ रनको लक्ष्य दिएको छ । यो जारी प्रतियोगिताकै सर्बाधिक ठूलो लक्ष्य हो ।

कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २६ रन बनायो । ललितपुरका लागि सान्दुन विराक्कोडीले ७३ रन बनाए । उनले ४३ बलमा १० चौका र ३ छक्का प्रहार गरे ।

अज्मतुल्लाह ओमारजाईले २४ बलमा ७ छक्कासहित ५८ रन बनाए भने कप्तान कुशल भुर्तेलले ३२ र योगेन्द्रसिंह कार्कीले २७ रनको योगदान गरे ।

विराटनगरका लागि कप्तान करण केसीले २ तथा सिकन्दर राजा, प्रतिश जिसी र दिल्शन मुनाविराले एक/एक विकेट लिए ।
दुबै टिम प्रतियोगिताको प्ले अफ पुग्ने आशा जीवितै राख्न जित्नै पर्ने दबाबमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *