केनको ह्याट्रिकमा टोटनहमको रवाफ

काठमाडाैँ । युरोपा कन्फरेन्स लिग फुटबलमा मुरामाथि टोटनह्यामले रवाफिलो जित निकलेको छ । वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका ह्यारी केनले ह्याट्रिक गरेपछि इङलिस प्रिमियर लिगको टोली टोटनहमले मुरामाथि ५-१ को प्रभावशाली जित हासिल गरेको हो ।

डेले अलीको पेनाल्टी गोलमा चौथो मिनेटमा अग्रता लिएको नुनो इस्पिरिटो सान्टोको टोलीले त्यसको चार मिनेटपछि जियोभानी लो सेल्सोको गोलमा अग्रता दोब्बर पारेको थियो । यसै वर्षबाट मात्र सुरु गरिएको युरोपा कन्फरेन्स लिग युरोपेली क्लब फुटबलमा तेस्रो श्रेणीको प्रतियोगिता हो । जहाँ टोटनहमले सुरुमै आफ्नो दबदबा कायम राखेको छ । ५३औं मिनेटमा जिगा काउसले सनसनीपूर्ण भलीमार्फत गोल गरेपछि स्लोभेनियाको टोली मुराले खेलमा फर्कने संकेत गरेको थियो ।

त्यसपछि ५९औं मिनेटमा मैदान प्रवेश गरेका केनले तीन गोल गर्दै घरेलु मैदानमा टोटनहमलाई प्रभावशाली अग्रता दिलाए । उनले २० मिनेट भित्र ह्याट्रिक पुरा गरेका थिए। लुकास मौराको पासलाई ६८औं मिनेटमा गोलमा परिणत गरेका इङ्ल्यान्डका कप्तान केनले ह्युङ मिन सनको पासमा ७७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा ८८ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । २८ वर्षिय केन च्याम्पियन्स लिग, युरोपा लिग तथा युरोपियन कन्फ्रेन्स लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बने ।

समूह ‘जी’ मा बिहीबार टोटनहमले सहज जित हासिल गर्दा अर्को खेलमा रेनेसले भिटेसेमाथि २-१ ले पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *