साफ च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग खेल्दै 

काठमाडौँ । आजदेखि माल्दिभ्समा साफ च्याम्पियनसिप सुरु हुँदै छ । उद्घाटन खेलमा नेपालले घरेलु टिम माल्दिभ्ससँग खेल्न लागेको हो ।

नेपालले आजको पहिलो खेलमा माल्दिभ्सविरुद्ध नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ । नेपाली टोलीका कप्तान किरण चेम्जोङले साफ च्याम्पियनसिप जित्नका लागि खेल्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै कप्तान किरणले घरेलु टोलीविरुद्ध मैदानमा लडेर नतिजा निकाल्ने बताएका छन् । उनले माल्दिभ्सलाई घरेलु समर्थकको समर्थन हुने भएपनि त्यसले आफूहरूको खेलमा असर नगर्ने बताए ।  नेपाल र माल्दिभ्सबीच अहिलेसम्म १६ पटक आमने सामने भएकोमा माल्दिभ्सले ८ खेल जितेको छ भने नेपालले ४ खेल जितेको छ । त्यस्तै ४ खेल बराबरी भएको छ ।

याे पनि : नेपाल जितका लागि मैदानमा अन्तिमसम्म लड्छ : कप्तान किरण

त्यस्तै फिफा वरियतामा माल्दिभ्स नेपाल भन्दा १० स्थान अगाडी रहेको छ । माल्दिभ्स १५८औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा रहेको छ ।  साफ च्याम्पियनसिपमा नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध सोमबार ९:४५ बजे नै हुनेछ । त्यस्तै तेस्रो खेल अक्टोबर १० को राति ९:४५ बजे भारतको सामना गर्ने छ भने लिगको अन्तिम खेलमा अक्टोबर १३ मा अपराह्न ४:४५ बजे बङ्गलादेशको सामना गर्नेछ ।

नेपालले हालसम्म साफ च्याम्पियनसिपमा फाइनल खेल्न सकेको छैन । नेपाल पछिल्लो संस्करणमा माल्दिभ्ससँग सेमिफाइनलमा ३-० ले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *