लक्ष्मीपूजामा जय किशनको ‘धूम-४’ प्रदर्शन हुने

काठमाडौँ । चलचित्रकर्मी जय किशन बस्नेतले आफ्नो नयाँ चलचित्र ‘धूम– ४’ को प्रदर्शन मिति तय गरेका छन्  । उनले तिहारको लक्ष्मीपूजाको दिन, कात्तिक १८ गतेदेखि प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

सस्पेन्स, थ्रीलर, एक्सन तथा हास्य मसला समेत समेटेर ‘धूम-४’ मा अभिनेता बस्नेतले चार जना अनिभेत्रीहरूसँग जोडी बाँधेका छन् ।

यही क्रममा चलचित्रको गीत ‘पख है काली’ समेत  सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मेलिना राई र राकेश राईको स्वर रहेको छ । सुजन कटुवालले लेखेको गीतमा संगीत भने याम गुरुङले गरेका हुन् ।

चलचित्रमा जय किशन बस्नेतसँगै सन्जोग राणा, जाह्नवी बस्नेत, अनुश्रुत खड्का, वन्दना नेपाल, रोशन श्रेष्ठ, एलिसा खड्का, एनी बिस्ट, एलिशा सुनार, दीप्ति लामिछाने, उरुषा पाण्डे, शोभित बस्नेत, एन.बि. महर्जन, विशाल गुप्ता, चन्दन अर्गेजा, केशव शाही, मदन ताम्राकार, शङ्कर महर्जन, देव महर्जन, विकास पुजारी, सुशीला चौलगाई, प्रेमिका शर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

जय किशन बस्नेत फिल्मस्प्राको ब्यानरमा जाह्नवी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुत कर्ता रहेको चलचित्रका निर्माता रविकुमार महर्जन हुन् । चलचित्रको लेखन तथा निर्देशन जय किशन बस्नेत आफैँले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *