चलचित्र ‘रुदाने’ को टिजर सार्वजनिक

काठमाडौँ । रूपचन्द्र विष्ट ‘रुदाने’ ‘थाहा’ आन्दोलनको प्रणेता हुन् । उनै रुदानेको जीवन-चरित्रमा आधारित चलचित्र ‘रुदाने’ को टिजर सार्वजनिक भएको छ ।

छायांकन भएको लामो समयपछि सार्वजनिक करिब दुई मिनेट लामो टिजरमा रुदानेको चरित्र-चित्रण गरिएको छ । चलचित्रलाई अमित किशोर सुवेदी र विकास ढकालले निर्देशन गरेका छन् ।

यसमा दिव्य देवले रुदानेको भूमिका निर्वाह गरेका छन् । उनीसँगै नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अम्बर सुवेदी, सरोज अर्याल लगायतले अभिनय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *