रौतहटबाट प्रतिबन्धित पटाकासहित एक जना पक्राउ

जनकपुरधाम । रौतहटबाट ठूलो परिमाणमा प्रतिबन्धित पटाकासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ठूलो मात्रामा प्रतिबन्धित पटाकासहित सर्लाहीको पर्सा गाउँपालिका-४ का २५ वर्षीय सञ्जित साहलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको गस्ती टोलीले चन्द्रपुर नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गमा ग १ ख ६३४१ नम्बरको बसमा चेकजाँचको क्रममा साहलाई पटाकासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले ब्यागमा लुकाई राखेको एक लाख ६२ हजार चार सय ८४ रुपैयाँ बराबरको विष्फोटक पदार्थ पटाका बरामद भएको छ । उनलाई विष्फोटक पदार्थ पटाका शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चोरी मुद्दाका फरार दुईजना पक्राउ
रौतहट प्रहरीले चोरी मुद्दाका फरार दुईजनालाई पक्राउ गरेको छ । अदालतको फैसलाबाट दोषी ठहर भएपछि फरार उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रौतहट जिल्ला अदालतको २०७३ असार २८ को फैसलाले चोरी मुद्दामा दोषी ठहर गरी जनही एक महिना कैद र ८५ हजार जरिवाना गरेकोमा फैसलापछि फरार चन्द्रपुर नगरपालिका-५ का २८ वर्षीय करण चौधरी र सोही ठाउँका २३ वर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई कैद तथा जरिवाना भुक्तानीका लागि रौतहट जिल्ला अदालतमार्फत कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *