‘स्पेल बी’ आजबाट कान्तिपुर टीभीमा, कार्यक्रमको सञ्चालकमा भूषण दाहाल

काठमाडौँ । भूषण दाहालले चलाउने कार्यक्रम ‘नेपाल स्पेल बी’को चौथो सिजन आजबाट कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ ।

शब्दावलीसम्बन्धी कार्यक्रम ‘कोलगेट नेपाल स्पेल बी’ आजबाट साताको हरेक बुधबार बेलुका ९ बजेदेखि १० बजेसम्म कार्यक्रम प्रसारण हुनेछ । अंग्रेजी शब्दको ‘स्पेलिङ’ (हिज्जे) उच्चारण सम्बन्धी यो कार्यक्रम माध्यमिक तहका विद्यार्थीहरूको शब्दावली बढाउनेसँग सम्बन्धित रहेको छ ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई नेपालभरका विभिन्न २५ शहरबाट अडिसनमार्फत छनौट गरिएको थियो ।

इलाम, विर्तामोड, दमक, चितवन, पोखरा, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेलगायतका स्थानबाट सहभागी रहेका छन् । माध्यमिक तहदेखि प्लस टूसम्मका विद्यार्थीहरू कार्यक्रममा सहभागी रहेको आयोजक तथा मालिन मिडिया प्रा.लिका प्रबन्ध निर्देशक महेश पोखरेलले बताएका छन् ।

नेपाल स्पेल बी राष्ट्रिय स्तरमा सञ्चालन भएको पहिलो स्पेलिङ प्रतियोगिता हो । प्रतियोगिता प्रारम्भिक, क्वालिफाइङ, पहिलो र दोस्रो अडिसन, उत्कृष्ट ३, उत्कृष्ट २ र फाइनल र ग्र्यान्ड फिनाले गरेर सञ्चालन गरिने जनाइएको छ ।

२८ साता चल्ने उक्त कार्यक्रमले विजयी विद्यार्थीहरुलाई छात्रवृत्ति तथा प्रोत्साहन स्वरुप पुरस्कारको समेत व्यवस्था गरेको छ ।

नेपालभरिका करिब २३०० स्कूल कलेजको सहभागिता रहेको उक्त कार्यक्रमको मुख्य प्रायोजनमा कोलगेट रहेको छ ।

अबको पुस्तालाई अंग्रेजी भाषा अत्यावश्यक भइसकेकाले यस कार्यक्रमले अंग्रेजी शब्द, वाक्य र भाषामा निखारता ल्याउने र शब्द भण्डार बढाउने लक्ष्य कार्यक्रम निर्माण पक्षले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 16 =