सकियो ‘ग्रीन बर्ड’ छायाङ्कन

काठमाडौँ । प्रमोद कँडेल निर्देशित चलचित्र ‘ग्रीन बर्ड’ को छायाङ्कन सकिएको छ । योङ स्टार सिनेमा र निर्वाना फिल्म स्कूलले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा सुरक्षा पन्तको मुख्य भूमिका रहको छ ।

सुरक्षा पन्त, कमलमणि नेपाल र अफरान अलिको मुख्य भूमिका रहेको चलचित्र चितवन र नवलपुरमा छायाङ्कन गरिएको छ । चलचित्रका क्रिएटिभ र कास्टीङ निर्देशक निगम श्रेष्ठ हुन् ।

यो चलचित्र  एक विद्रोही महिलाको कथा हो । कात्तिक कर्नाटकले खिचेको चलचित्रमा सम्पादन अजय खड्काको रहनेछ भने आवाजको काम सम्राट खनालले गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *