अमेरिकामा चलचित्र ‘थेत्लङ्’ प्रदर्शन हुने

काठमाडौँ । अमेरिकामा किशोर सुब्बाको निर्देशन रहेको चलचित्र ‘थेत्लङ्’को विशेष प्रदर्शन हुने भएको छ । किराँत याक्थङ् चुम्लुङ अमेरिकाको पहलमा चलचित्रको विशेष शो आयोजना हुन लागेको हो ।

१४ नोभेम्बरमा ग्यालजुङ्ग हल युएसएमा शो राखिएको छ । ओपेरा क्रिएसन प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र सिक्किममा छायाङ्कन गरिएको हो ।

चलचित्रमा विशाल सेनेहाङ, दिव्या लिम्बु, सङ्गीता सम्बाहाम्फे, सोनु ताम्लिंङ, शान्ति लिम्बु, शर्मिला याक्सो, हस्त लिबाङ, सागर केरुङ, सुखवीर लिम्बुलगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

मनी ताम्लिङ र विराज लिम्बु निर्माता रहेको चलचित्रमा  दिनेश लिम्बुको नृत्य, कुल्बा सुब्बाको संगीत छ । चलचित्रले लिम्बु जातीको परम्परागत कथालाई उठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *