यामाहाको एमटी–१५ बीएस ६ बाइक अब नेपालमा

काठमाडौँ । बहुप्रतिक्षित मोटरसाइकल यामाहा एमटी–१५ को बीएस ६ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यू नेपालले काठमाडौंको भृकुटीमण्डपमा आायोजना गरेको महा एक्सचेन्ज मेलामा एमटी–१५ बीएस ६ सार्वजनिक गरेको हो ।

कम्पनीले २ दिनअघि मात्र उक्त मोटरसाइकलको बुकिङ खुला गरेको थियो । उक्त मोटरसाइकल सार्वजनिक हुनुअघि नै अग्रिम बुकिङका आधारमा ३ सय वटा मोटरसाइकल बिक्री भएको कम्पनीले जनाएको छ ।

यो बाइक लिन चाहनेले अब दशैंपछि मात्रै प्राप्त गर्ने कम्पनीले जनजाएको छ।

यामाहाले सन् २००५ मा निर्माण शुरु गरेको एमटि शृँखला यामाहाको ‘नेकेड बाइक सेरिज’ परिवारको सदस्य हो । एमटीको यो शृङ्खला ‘डार्क साइड अफ जापान’ नामले चिनिएको छ । यो मोटरसाइकलको सुरुवाट सन् २००५ मा एम टी–०१ बाट शुरु भएको थियो । जुन हालसम्म पनि यामाहाले विश्वव्यापी रुपमा सफलतापूर्वक निर्माण र वितरण गर्दै आइरहेको छ ।

एमटी–१५ शृङखलाका बाइकहरु सीटी÷अर्वन स्पोर्टस् बाइक हुन् । यो शृङ्खलाको बाइक मोटरसाइकलसँग उत्साहित हुने युवाहरुलाई ध्यानमा राखेर निर्माण गरिएका छन् ।

बिक्री शुभारम्भका अवसरमा यामाहा सिइओ राजु क्षेत्रीले भने, ‘यो बाइकको नेपाली युवामा अत्यन्त माग थियो । म यसप्रकारले सर्वाधिक प्रतिक्षा गरिएको बाइकलाई नेपालको सबैभन्दा ठूलो एक्स्चेञ्ज कार्यक्रम यामाहा महा एक्स्चेञ्ज मेलामार्फत् बिक्रीको लागि प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्त गौरव महसुस भएको छ । युवाहरुले यामाहाको यो उत्पादनलाई रुचाएका छन् र हामी यो नयाँ परिमार्जित एमटि बिएस ६ बाइक प्रस्तुत गर्न पाउँदा हर्षित भएका छौँ ।’

कम्पनीले बीएस ६ भर्सनको मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ । नयाँ दुई कलर अप्सनमा नेपाली बजारमा यामाहा एमटी १५ बीएस ६ भर्सन उपलब्ध हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *