भजनमा हरिहर

काठमाडौँ । ज्योतिषी हरिहर अधिकारी चलचित्रपछि भिडिओमा देखिने भएका छन् । उनी सुगम पोखरेलले गाएको भजन ‘जय जय नीलकण्ठ’ मा देखिने भएका हुन् ।

पोखरा आसपास छायाङ्कन गरिएको धार्मिक भिडिओमा निता ढुंगाना भए नभएको भने निश्चित गरिएको छैन । निताको समेत अभिनय रहने चर्चा चले पनि सार्वजनिक पोस्टरमा हरिहर मात्रै फिचर्ड छन् । उनको अभिनय रहे/नरहेको हेर्न गीत रिलिजको समयसम्म दर्शकले गर्नु पर्ने निर्माण टिम बताउँछ ।

त्यस्तै पोस्टरमा हरिहरलाई ज्योतिषी उल्लेख गरिएको छ । अभिनय गर्दा पनि उनलाई भिडिओ निर्माताले कलाकारभदा बढी ज्योतिषी नै देखिरहेका छन् । हरिहरले अभिनय गरेको चलचित्र शुभ लभ खासै सुभ हुन सकेन । अब पुनः उनी भिडिओमा आउने रहर गरेका छन् ? के दर्शकले मन पराउलान्  त ? समयले बताउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *