मेस्सीको गोलमा पीएसजीको जित

काठमाडाैँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पीएसजीले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा इड्रीसा गुएये र लियोनेल मेस्सीले एक/एक गोल गरेका थिए । गुएयेले खेलको आठौ मिनेटमा पहिलो गोल गरेका थिए भने खेलको ७४औं मिनेटमा मेसीले पिएसजीका लागि दोस्रो गोल गरेका थिए ।

पीएसजीमा मेस्सीका लागि भने यो पहिलो गोल थियो । योसँगै मेस्सीले पीएसजीमा आफ्नो डेभ्यु गोल गरेका छन् । उनले किलियन एम्बाप्पेको असिस्टमा यो गोल गरेका थिए । मेस्सीले पीएसजीका लागि चौथो खेल खेल्दै आफ्नो पहिलो गोल गरेका छन् ।

यो जितपछि पीएसजीको समूह ए मा २ खेलमा ४ अंक भएको छ । पीएसजीले यस अघि क्लब ब्रुगेसँग खेलेको खेल १-१ गोलको बराबरीमा रोकिएको थियो ।

त्यस्तै समूह ए मा क्लब ब्रुगेको पनि २ खेलमा ४ अंक भएको छ भने म्यानचेस्टर सिटीको २ खेलमा ३ अंक रहेको छ । त्यस्तै आरबी लेइपजिंगले भने आफ्ना दुवै खेल गुमाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *