दिल्लीलाई हराएसँगै कोलकाता चौथो स्थानमा

इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएको छ ।

मंगलबारको खेलमा १ सय २८ रनको लक्ष्य कोलकाताले मात्र १८ ओभर २ बलमा ७ विकेट गुमाउँदै भेट्टायो ।

कोलकातालाई जिताउन सुनिल नराइनको प्ररदर्शन महत्वपूर्ण रह्यो । उनले १० बलमा २१ रन जोेडे । नितिश राना ३६ रनमा अविजित रहे । सुभमन गिलले ३० रन बनाए ।

दिल्लीका आवेश खानले ३ विकेट लिए भने रविचन्द्रन आश्विन, ललित यादव, एनरिच नोर्किया र कागिसो राबाडाले एक एक विकेट लिए ।

शारजाहमा टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । दिल्लीका स्टिभ स्मिथ र कप्तान ऋषभ पन्तले ३९–३९ रन बनाए ।

कोलकाता सुनिल नाराइन र लोकी फर्गुसनले २–२ विकेट लिए भने वेंकटेश ऐरले २ र टिम साउथीले १–१ विकेट लिए ।

जितसँगै कोलकाता शीर्ष चारमा रहेर प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ ।

जित पछिकोलकाता,  ११ खेलबाट १० अंक सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । शिर्ष स्थानमा चेन्नइ छ भने दिल्ली दोस्रो र बेंग्लोर तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *