विक्की कौशल अभिनित ‘सरदार उधम सिंह’ ट्रेलर सार्वजनिक

एजेन्सी । अभिनेता विक्की कौशलको चलचित्र ‘सरदार उधम सिंह’ लामो समयदेखि चर्चामा छ । हालैमात्र यस चलचित्रको टिजर रिलिज भएको छ । योसँगै चलचित्र रिलिज मिति पनि घोषणा गरिएको छ ।

विक्की आफैँले चलचित्रको ट्रेलर सामाजिक सञ्जालमा सेयर गरी लेखेका छन्, ‘शहीद भगत सिंहको जन्म जयन्तीमा, म उनको सहयोगी सरदार उधम सिंह – एक मानिस, धेरै उपनाम, एक मिसन सरदारको कथा ल्याउनमा गर्व गर्दछु । यस्तो छ टिजर।’

टिजरको साथमा चलचित्र अक्टोबर १६ बाट ओटीटी प्लेटफर्म अमेजनमा रिलिज हुनेछ । विक्की कौशलसँगै चलचित्रमा बनिता सन्धु र अमोल पराशरको समेत मुख्य भूमिका छ । चलचित्र क्रान्तिकारी सरदार उधम सिंहको जीवन मा आधारित छ‚ जसलाई सुजीत सरकारले निर्देशन गरेका छन् । सरदार उधम सिंहले १९१९ मा अमृतसरको जालियावाला बागमा भएको नरसंहारको बदला लिन जनरल डायरलाई लन्डनमा गोली हानेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *