चलचित्र ‘अञ्जली’ मङ्सिरमा रिलिज हुने

काठमाडौँ । चलचित्र ‘अञ्जली’ छायाङ्कन भइरहेको छ । फाल्गुनन्द लिङ्देन फिल्म्सले निर्माण गरेको चलचित्रको कथावस्तु घरेलु हिंसा तथा बालबालिका अपहरणलाई बनाइएको छ ।

दिनेश लिङ्देनको कथा र निर्देशन रहेको चलचित्रमा एलिना बास्कोटा, दिक्पाल कार्की, विमला खजुम लिम्बु, हाङ चेम्जोङ, विमला गिरी, यासेली योङहाङ, शर्मिला शर्मा, नरेश वनेम, प्रजलिका गिरी, सागर केरुङ, विशाल सेनेहाङ, दिविसा सापकोटा, जनक कार्की, नन्दु तुम्बापो, अजय खडका, दिनेश माङमु, पुन्य ओझा, माइकल तुम्बापो, विमल ढुङ्गेल, दावा शेर्पा, प्रेम आले मगर, देव राई, मेख मगरको अभिनय छ ।

सुशील अधिकारीको छायाङ्कन, पुण्य ओझाको द्वन्द्व, दिनेश माङमुको नृत्य रहेको चलचित्रमा कविता राई लिङ्देन, मणि ताम्लिङ र राम दाहाल निर्माता छन् । चलचित्र आगामी मङ्सिरमा रिलिज हुने निर्माण युनिटले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *