भण्डारीको ‘प्रेमा’मा सुवेक्षा

काठमाडौँ । चलचित्र ‘रणवीर’बाट डेब्यू गरेकी मोडल सुवेक्षा खड्का चलचित्र ‘प्रेमा’ मा काम गरिरहेकी छन् । पहिलो चलचित्र रणवीर गरेको ३ वर्षपछि उनी दोस्रो चलचित्रमा जोडिएकी हुन् ।

२ साता अघिदेखि छायाङ्कन सुरु भएको चलचित्रसमेत रणवीर निर्देशक गोविन्द सिंह भण्डारीले नै निर्देशन गरिरहेका छन् ।

सुवेक्षाले हरेक चलचित्र झैँ यो चलचित्र पनि आफ्नो मुटुमा विशेष स्थान बनाउन सफल भएको लेख्दै निर्देशक भण्डारीबाट आफूले धेरै कुरा सिक्न पाएको समेत लेखेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *