ल्याण्डिङ गियरमा समस्या आएपछि बुद्धको जहाज काठमाडौं फर्कियो
२०७८ असोज ११ गते

काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ । ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको हो ।
जहाजले विराटनगरमा तीन पटक अवतरणको प्रयास गरेको नागरिक उड्डयन कार्यालय विराटनगर प्रमुख उत्सव खरेलले जानकारी दिए । अहिले जहाज काठमाडौंकै आँकाशमा होल्ड भएको छ । जहाज काठमाडौंबाट बिहान विराटनगर उडेको थियो ।
२०७८ असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित








