नेपाल ओमनसँग ७-२ ले पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली ओमनसँग पराजित भएको छ । दोहास्थित कतार युनिभर्सिटी मैदानमा भएको खेलमा ओमनसँग नेपाल ७-२ गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

साफ च्याम्पियनसिपको तयारीमा कतार पुगेको नेपाली टोलीले ओमनसँग मैत्रीपूर्ण खेल खेलेको हो । ओमन विश्वकप क्वालिफायर्सको तयारीमा छ ।

फिफा वरियतामा ओमन ७८ औँ स्थानमा छ भने नेपाल १६८ औँ स्थानमा छ । साफ च्याम्पियनसिपकै तयारीका लागि नेपालले यसअघि भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो । साफ च्याम्पियनसिप अक्टोबर १ बाट माल्दिभ्समा शुरु हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =