ईपीएलमा आज दुई खेल

काठमाडाैँ । एभरेस्ट प्रिमियर लिग (ईपीएल)टि-२० क्रिकेट प्रतियोगिताको चौंथो संस्करण आज दुई खेल हुँदैछन् ।
त्रिवि क्रिकेट मैदानमा हुने पहिलाे खेलमा काठमाडौं किंग्स-११ र विराटनगर वारियर्स भिड्नेछन् । खेल बिहान ९:३० बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने काठमाडाैं दाेस्राे खेलमा पनि जित निकाल्न चाहन्छ । काठमाडाैंले पहिलाे खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो ।
करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर भने पहिलो जित निकाल्न चाहन्छ । पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो ।
दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स भिड्नेछन् । खेल दिउँसो १:३० बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । वर्षाले गर्दा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाँड्न बाध्य भएकाे थियाे । चितवन भने लगातार दोस्रो जित निकाल्न चाहन्छ । चितवनले पहिलो खेलमा विराटनगरलाई हराएको थियो ।
असाेज २३ सम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख पाउने छन् ।








