माधवलाई गोकर्णको जवाफ- ‘जहाँ सूर्य चम्किन्छ, त्यहाँ टर्च बाल्नुपर्दैन’ (भिडिओसहित)

गल्ती सच्याएर पुनः फर्किनुस्

काठमाडौँ । नेकपा (एमाले) का नेता गोकर्ण विष्टले माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेका छन् । ‘म भन्छु तपाईं पुनः फर्किनुस्,’ नेता विष्टले भने, ‘तपाईं आउनुस् । आफ्नो गल्तीलाई स्वीकारेर आउनुस् ।’

एमालेमा विगतमा बामदेव गौतम एमाले छोडेर पुनः एमालेमै फर्किएको स्मरण गराउँदै नेता विष्टले भने, ‘हिजोको नजीरले पनि तपाईं (माधव नेपाल) अब पुनः आउनैपर्छ ।’ काठमाडौँमा आइतबार (आज) आयोजित एक कार्यक्रममा नेता विष्टले नेपाली साम्यवादी आन्दोलनमा कम्युनिष्टहरू छरिएर नहुने बताए ।

यस्तै आउँदो चुनावमा एमाले ठूलो पार्टी बन्ने नेता विष्टले बताए । ‘कमरेड माधव नेपालले एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नुभएको छ । जहाँ सूर्य चम्किन्छ, त्यहाँ किन टर्च बाल्ने ? हामी अरू पार्टीभन्दा अब्बल छौँ ।’

यसअघि शनिवार नेकपा (एकीकत समाजवादी) का अध्यक्ष रहेका एमालेका तत्कालीन वरिष्ठ नेता नेपालले आउँदो चुनावहरूमा एमाले टर्च बालेर खोज्नुपर्ने अवस्था आउने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *