सरकारलाई संसदीय समितिको प्रश्न- मनिपाल अस्पताल विक्री भएको हो कि होइन ?

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले मनिपाल अस्पताल विक्री भए/नभएकोबारे सरकारसँग जवाफ मागेको छ ।

आइतबार (आज) बसेको समिति बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई मनिपाल अस्पताल विक्री भएको हो कि होइन भनेर प्रश्न गरेको हो । समितिले अस्पताल बेचबिखन भएका समाचारहरू आइरहेको उल्लेख गर्दै त्यसबारे समितिलाई जानकारी दिन भनेको हो ।

शिक्षा मन्त्रालयलाई निर्देशन दिँदै समिति सभापति जयपुरी घर्तिले भनिन्, ‘बेचबिखन भन्ने आइरहेको छ त्यो के हो ? त्यो कुरा बुझ्न र बुझेर समितिलाई उपलब्ध गराइदिनको लागि निर्देशन दिन चाहन्छु ।’

सम्झौतापत्र पनि उपलब्ध गराउनु

समितिले शिक्षा मन्त्रालयलाई मनिपाल अस्पतालसँगको सम्झौतापत्र समेत मागेको छ । ‘मनिपालको कुरा कम्पनीमार्फत गराएको हो भने पनि सम्झौता के छ ? पहिला हामी सम्झौता पढेर जाउँ । मन्त्रालयले हामीलाई सम्झौतापत्र उपलब्ध गराओस् । शिक्षा मन्त्रमालयलाई यो निर्देशन समिति दिन चाहन्छ,’ समिति सभापति घर्तीले भनिन् ।

बैठकमा पूर्वस्वास्थ्थमन्त्री समेत रहेका नेकपा एमालेका सांसद खगराज अधिकारीले आफूले सम्झौतापत्र सरकारी अधिकारीहरुसँग माग गरेको तर, नपाएको बताए । तथापि, सम्झौता हुँदाका बेला कतिपय सन्दर्भमा आफूसमेत संलग्न भएको उल्लेख गर्दै उनले मनिपाल बेचबिखन हुन नसक्ने दाबी गरे ।

सम्झौता हुँदा पहिलो पक्ष नेपाल सरकार र दोस्रो पक्ष मनिपाल कम्पनी लिमिटेड रहेको र दोस्रो पक्षले छोड्दा स्वतः पहिलो पक्षको हुनुपर्नेमा त्यसो नभएको र बेचबिखन भएको आएको उल्लेख गर्दै प्रश्न गरे ।

पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मनिपालका सन्र्दभमा आएका विषय स्पष्ट हुनुपर्ने र सम्झौता अध्ययन गरेर र प्रचलित ऐन कानूनअनुसार निर्णय हुनुपर्ने बताए ।

भारतको मनिपाल समूहले नेपालको व्यापारिक घराना बतास समूहलाई मनिपाल अस्पतालको स्वामित्व हस्तान्तरण गरेको कुरा विवादित बन्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *