जनकपुरको मनिपाल पनि बिक्री

मनिपाल कम्पनीले पोखरासँगै जनकपुरको संरचना पनि एकमुष्ट बिक्री गरेको छ । ३ अर्ब ५० करोडभित्रै पोखरा र जनकपुर दुवै ठाउँको जग्गा र संरचना बिक्री गरेको हो । पोखराका व्यवसायिक घराना बतास अर्गनाइजेसन र अटोवेज प्रालिले मनिपाल खरिद गरेका हुन् ।

‘पोखरासँगै जनकपुर पनि एकमुष्ट भएको हो,’ खरिदकर्ता नारायण पौडेलले भने, ‘मनिपालअन्तर्गत सञ्चालित संरचना अब हाम्रो बनेको छ । सम्झौता दुवैतिरको एउटै हो ।’ भारतीय कम्पनीले बीचैमा छोडे‚ त्यो संरचना स्वतः नेपाल सरकारको हुनुपर्ने भन्दै पोखरामा आलोचनासमेत भइरहेको छ ।

पूर्वमन्त्रीदेखि नागरिक समाजसम्मले खरिद-बिक्रीको विरोध गरेका छन् । तर खरिदकर्ता भने मनिपाल र सरकारबीचको सम्झौताकै आधारमा आफूहरू चल्ने बताउँछन् । पोखरामा मनिपालले आफ्नै कम्पनीको नाममा ४० रोपनी जग्गा खरिद गरेको छ भने १ सय ६० भन्दा बढी रोपनी लिजमा लिएको छ ।

तत्कालीन शाही नेपाली सेनाको तालिम क्षेत्र भएकाले आर्मी र केहि जग्गा महिला विकास कोषसँग लिजमा लिएको हो । ३ सय ५० बेड अस्पतालसहित मेडिकल कलेज सञ्चालनका लागि मनिपालले पोखरामा लगानी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *