रुवान्डा नरसंहारका नाइकेको जेलमै निधन

काठमाडौँ । सन १९९४ मा ८ लाख रुवान्डाका नागरिक मारिएको जातीय नरशंहारका नाइकेको जेलमै मृत्यु भएको छ । रुवान्डाको सेनाका पूर्व कर्नेल समेत रहेका थियोनेस्ते बागोसोराको ३५ वर्षको कैद भुक्तान गर्ने क्रममा मुटुको समस्याबाट मृत्यु भएको हो ।

बीबीसीका अनुसार ८० वर्षका उनी मालिको जेलमा थिए । नरसंहारपछि देश छाडेर भागेका उनलाई दुई वर्षपछि क्यामरुनबाट पक्राउ गरिएको थियो । बागोसोरालाइ सन २००८ मा अन्तरास्ट्रिय अदालतको दोषी ठहर गरेको थियो ।

तत्कालिन प्रधानमन्त्री लगायतका शिर्ष नेतृत्वको हत्यामा संलग्न भएको भन्दै उनलाई मानवतावाद बिरुद्धको अपराध गरेकोमा दोषी ठहर गरिएको थियो । सन १९९४ अप्रिल ६ मा तत्कालिन रुवान्डाका रास्ट्रपति जुभेनाल हाब्यारिमाना चढेको विमान खसालेपछि जातीय नरसंहार सुरु भएको थियो । एक सय दिन चलेको नरसंहारमा मारिने बहुसंख्यत तुत्सी समुदायका थिए ।

हुति र तुत्सीवको जातीय दंगामा हुति समुदायमा बागोसोराले तुत्सी समुदायलाई सफाया गर्न नाइकेको भूमिका खेलेको नरसंहारताका रुवान्डामा संयुक्त रास्ट्रसंघको शान्ति सेनामा रहेका क्यानडाका जर्नेल रोमियो दल्लाइरेले बताएका छन् । उनले आफूलाइ समेत हत्या गर्ने धम्कि आएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *