लिभरपुल रोकियो

काठमाडाैँ । हाइ स्कोरिङ बराबरी खेलमा लिभरपुल ब्रेन्टफर्डको मैदानमा बराबरीमा रोकिएको छ । ब्रेन्टफोर्डका योने विसाले ८२ औ मिनेटमा गरेको गोल लिभरपुललाई बराबरीमा रोक्न पर्याप्त भयो ।

ब्रेन्टफोर्डले २७ औ मिनेटमा पिनोकको गोलबाट अग्रता बनाएको थियो। तर जोताले ३१ औ मिनेटमा बराबरी गोल गरे । पहिलो हाफमा १-१ गोलको बराबरी भएपनि दोस्रो हाफमा लिभरपुलका मोहमद्ध सलाहले ५४ औ मिनेटमा टीमलाई अग्राता दिलाए । तर जनेटले ६३ औ मिनेटमा पुन ब्रेन्टफोर्डलाई बराबरीमा लयाए ।

लिभरपुल चार मिनेट नवित्दै पुन जोनेसको गोलमा अग्रता बानउ सफल भयो । तर ८२ औ मिनेटमा विसालले गरेको  गोल लिभरपुललाई रोक्न निणायक बन्यो ।

लिभरपुल बराबरीपछि १४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटीको जित र युनाईटेड र चेल्सीको हारसँगै लिग अंक तालिकामा अन्य ३ टीमको समान १३ अंक भएको छ । सिटी दोस्रो चेल्सी तेस्रो र युनाईटेड चौंथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *