सिटीले चेल्सीलाई हरायो, युनाइटेड एस्टन भिल्लासँग स्तब्ध

काठमाडाैँ ।  इंग्लिस प्रिमियर लिगमा साविकको विजेता म्यानचेस्टर सिटीले उपाधि दाबेदार देखिएको लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । दोस्रो हाफमा ब्राजिलियन फरवार्ड गाब्रियल जेससले गरेको एकमात्र गोल निर्णायक बन्यो । त्यस्तै अर्को दाबेदार युनाईटेड पनि एस्टन भिल्लासँग १-० ले नै पराजित भयो । चेल्सी र युनाईटेड दुवैको यो जारी सिजनमा पहिलो हार हो ।

स्टामफोर्ड ब्रिजमा शनिबार साँझ भएको खेलमा सिटीले घरेलु टोलीलाई दवावमा राखेको थियो । पहिलो हाफमा गोलका राम्रा अवसर सदुपयोग गर्न सिटी असफल रह्यो । एकपछि अर्को आक्रमण गरेपनि सिटी असफल भएको थियो ।

तर घरेलु दर्शकलाई निरास पार्ने क्रममा सिटीले ५३औँ मिनेटमा गरेको एकमात्र गोल निर्णायक बन्यो । उनले जोओ क्यान्सिलोको पासमा गोल गरेका थिए । त्यसपछि पनि सिटीले निरन्तर आक्रमण गरेको थियो। तर गोल गर्न भने सकेन ।

युनाईटेड घरमै स्तब्ध
म्यानचेस्टर युनाईटेडले  घरेलु मैदानमानै एस्टन भिल्लासँग १-० ले पराजित हुँदै सिजनको पहिलो हारको सिकार भएको छ । ८८ औँ मिनेटमा कोर्टन हायुजले डग्लास लुइसको पासलाई सदुपयोग गर्दा युनाईटेड १-० ले पछि रह्यो । तर युनाईटेडले अतिरक्त समयमा गोलको सान्दार अवसर चुकायो ।

वल्ड ट्राफोर्डमा इन्ज्युरी समयको तेस्रो मिनेटमा पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएपनि ब्रुनो फर्नान्डेस पेनाल्टीमा चुक्दा म्यानचेस्टर युनाइटेड संभावित बराबरीबाट चुकेको थियो । त्यसअघि पहिलो हाफमा दुबै टीमले गोलका सानदार अवसर सदुपयोग गरेनन् ।

इन्ज्युरी समयमा ब्रुनो फर्नान्डेसको क्रसलाई हायुजले पेनाल्टी क्षेत्रमा हातले छुन पुगेपछि म्यानचेस्टर युनाइटेडलाई पेनाल्टीको अवसर पाएको थियो । ब्रुनो फर्नान्डेसको पेनाल्टी आकासिएपछि युनाइटेड घरमै पराजित हुन बाध्य भयो ।

अंक तालिकामा लिभरपुल ६ खेलमा ४ जित र २ बराबरीका साथ १४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । शीर्ष होडमा रहेको चेल्सी र म्यानचेस्टर युनाइटेडले हार बेहोरेपछि लिभरपुलले शीर्षस्थान कब्जा गरेको हो ।

म्यानचेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र एभर्टनको समान १३ अंक छ । सिटी दोस्रो चेल्सी तेस्रो र युनाईटेड चौंथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *