एभरेष्ट प्रिमियर लिग : आज दुई खेल हुँदै

काठमाडाैँ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्स भिड्ने छन् ।

विराटनगर र चितवनबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ । करण केसीको कप्तानीमा मैदान उत्रने विराटनगर सुखद सुरुवातको योजनामा हुनेछ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन समेत विजयी सुरुवात गर्न चाहन्छ ।

याे पनि : काठमाडौँको विजयी सुरुवात

यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र पोखराबीचको खेल दिउँसो साढे एक बजे सुरु हुनेछ । भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ । चितवनको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *