ईपीएल क्रिकेट : ललितपुरद्वारा काठमाडौँलाई १५८ रनको लक्ष्य
२०७८ असोज ९ गते

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स-११ लाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले पवन सर्राफको ६१ रनको मद्दतमा २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।
पहिलो बलमा नै कप्तान कुशल भुर्तेल आउट भएको ललितपुरका लागि पवनले ४४ बलमा ५ चौका र ४ छक्का सहित ६१ रन बनाए भने योगेन्द्रसिंह कार्कीले ३३ रनको योगदान गरे ।
काठमाडौंका जितेन्द्र मुखियाले ४ तथा रायन ब्रुल र गुलशन झाले २/२ विकेट लिए । काठमाडौंका कप्तान सन्दीप लामिछाने र शाहिद अफ्रिदीले भने विकेट लिन सकेनन् ।
२०७८ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित








