अड्किए झैँ भयो ‘सास’ फेर्न एक्कासि (भिडिओ)

काठमाडौँ । कुमार गजुरेल एन्ड टिमको प्रस्तुतिमा “सास” गीतको भिडियो सार्वजनिक भएको छ । कुमार गजुरेल, मोहन चाम्लिङ, सृष्टि भट्टराई, सजना अधिकारी, विशाल पुलामी र प्रेम प्रकाश केसीको अभिनय रहेको उक्त गीतलाई राजीव बलामीले निर्देशन गरेका हुन् ।

मनोज राज सिवाकोटीको स्वर, मनोज चौलागाईंको सङ्गीत तथा कुमार गजुरेलको शब्द गीतमा रहेको छ । रमा राईको द्वन्द्व निर्देशन रहेको उक्त गीतमा द्वन्द्व, नृत्य र रोमान्सको सामञ्जस्यता देख्न पाइन्छ । पुरुषोत्तम  कँडेलको सम्पादन रहेको भिडिओमा नीरज भुसालको छायाङ्कन रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *