ईपीएल : काठमाडौँ र ललितपुर खेल्दै, अफ्रिदिको प्रतीक्षा

काठमाडाैँ । एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटको चौथो संस्करणको पहिलो खेलमा आज साविक च्याम्पियन ललितपुर प्याट्रियट्स र काठमाडौँ खेल्दै छन् । सन्दीप लामिछाने काठमाडौँ किंग्स-११ कप्तानी गर्दा  कुशल भुर्तेलको नेतृत्वमा ललितपुर मैदानमा उत्रिने छ ।

गत सिजन ५ खेलमा ४ जित र १ हार बेहोरेर शीर्ष स्थानमा रहेर प्लेअफ प्रवेश गरेको ललितपुर यो पटक अधिकाधिक पुराना खेलाडी बिना मैदानमा उत्रिँदै छ । पहिलो खेलमा विराटनगरसँग हारेर खराब सुरुवात गरेको ललितपुरले त्यसपछि लगातार जित निकाल्दै उपाधि जितेको थियो ।

ललितपुर टिम यो पटक औसत छ । ब्याटिङमा कुशल भुर्तेल, ओशाडा फर्नान्डो, सन्दीप जोरा, पवन सर्राफ, योगेन्द्र सिंह कार्की, सोनु तामाङ लगायत खेलाडीको भर ललितपुरलाई हुने छ । त्यस्तै बलिङमा अफगानिस्तानका ओमरजाई,  राशिद खान, लगायत मुख्य हतियार रहने छन् ।

यद्यपि नयाँ अनुभव सँगाल्दै गरेका कुशल भुर्तेलले मैदानमा कसरी समन्वय गर्छन् त्यो भने ललितपुरका लागि चुनौती हुने छ । फास्ट बलिङमा सङ्घर्ष हुन सक्ने छ । टियु मैदानको पछिल्लो समय विकेट स्पिनरलाई मद्दत गर्ने खालको नहुँदा राम्रो प्रेसर टिममा हुनु अत्यावश्यक छ जुन अभाव ललितपुरलाई हुन सक्छ ।

काठमाडौँ किंग्स ११ इपिएलको २०१८ मा अङ्क तालिकाको दोस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो । तर क्वालिफायरमा लगातार पराजित भएपछि प्रतियोगिताबाट बाहिरियो । यद्यपि यो पटक भने विगतको गल्ती सच्चाउने काठमाडौँको तयारी छ ।

स्टार क्रिकेटर सन्दीप लामिछाने विश्व प्रसिद्ध पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी लगायत खालडीको प्रतीक्षा रहेको छ । विशेष गरेर ‘बुमबुम’ अफ्रिदी सबैको नजरमा छन् । त्यसैले आज टीयूमा उनको प्रदर्शन हेर्न दर्शकको भिड बाक्लो हुने पक्का छ । उनले दुई खेल खेलेर फर्किने जनाएकाले पनि अफ्रिदी आजको खेलमा हेर्न लायक रहने छन् ।

उनीसँगै टिममा ब्याट्सम्यानको रूपमा सुवास खकुरेल, अमित श्रेष्ठ, राजु रिजाल, सिद्धान्त लोहनी पनि बिग हिटरको रूपमा परिचित छन् । त्यसैले ललितपुर विरुद्ध सुरूवाती जित निकाल्नु काठमाडौँको पहिलो चुनौती हुने छ । त्यसोत राष्ट्रिय टिमका उदयमान प्रेसर गुल्सन झाको प्रदर्शन पनि उतिकै प्रतीक्षित छ ।

अलराउण्डर अमर सिंह रौटेला मिडियम पेस बलिंग र ब्याटिङ दुवैमा राम्रो योगदान दिने क्षमता भएकाले काठमाडौँ तुलनात्मक रूपमा बलियो मानिएको छ । मुख्य रूपमा अलराउण्डरहरुको उपस्थिति साथमा पाकिस्तान स्टार शाहिद अफ्रिदी, जिम्बाब्वेका रायन बर्ल र सिंगापुरका जनक प्रकाश सँगै गुल्सन झा, अमर सिंह रौटेला, शेर मल्ल, सिद्धान्त लोहनी नै मुख्य हतियार रहने छन् ।

काठमाडौँ किंग्स-११: सन्दीप लामिछाने (कप्तान),  अमित श्रेष्ठ,  सुवास खकुरेल,  राजु रिजाल,  शेर मल्ल,  सिद्धान्त लोहनी,  संसाद शेख,  दिपेन्द्र रावत,  आकाश चन्द, अमर सिंह रौटेला,  गुल्सन झा,  शहिद अफ्रिदी, जनक प्रकाश, रायन बर्ल, रहमनुल्लाह गुर्बज

ललितपुर प्याट्रिएट्स: कुशल भुर्तेल (कप्तान), सुर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामांग, राशिद खान, शंकर राना, योगेन्द्र सिंह कार्की, नारायण जोशी, ललित सिंह राजबंशी, अरियो पौडेल,  बिभत्सु थापा,  कमल खत्री,  नागराज सिंह,  अज्मतुल्लाह ओमरजाई,  ओशाडा फर्नान्डो,  शनदुन विराक्कोडी र मिक्यो दोर्जी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =