भिडिओका भिन्न भूमिकामा रमाउँदै ‘बले’

काठमाडौँ । हास्यव्यङ्ग्यात्मक सिरियल मार्फत सागर लम्सालले ‘बले’ नाम पाएका थिए । उनै बलेको परिचय अहिले भने अझ बृहत् भएको छ । उनको भूमिकालाई दर्शकले सिरियलसँगै म्युजिक भिडिओमा मन पराउन थालेका छन् । पछिल्लो समय उनले म्युजिक भिडिओ छनौटमा समेत विशेष ध्यान दिन थालेका छन् । कथा बोल्ने भिडिओतर्फ उनको आकर्षण बढेको देखिन्छ ।

हालैमात्र उनी अभिनित ‘सुख’ भिडिओ सार्वजनिक भएको छ । भिडिओमा न त नृत्य छ, न युवा युवतीको प्रेम । एक आम युवा आफ्नो सपना टुटेपछि कसरी कुबाटोमा लाग्न सक्छ भन्ने उदाहरण स्वरूपको कथा यस भिडिओमा प्रस्तुत गरिएको छ ।

यो भिडिओमा बले कुनै युवतिसँग रोमान्स गर्दै देखिएका छैनन् । बरु उनका अभिभावक बनेका किरणकुमार शर्माले उनलाई अभिनयमा साथ दिएका छन् । सानो भूमिकामा मेकअप आर्टिस्ट समारा जोशीलाई समेत दर्शकले देख्न पाउनेछन् ।

गीतमा संयोग राजवंशीको स्वर, शब्द तथा संगीत रहेको छ । संगीत संयोजन भने गोपाल रसाइलीले गरेका छन् । भिडिओमा बुद्ध थापाको छायांकन रहेको छ भने विकास दाहालले सम्पादन गरेका छन् । भिडिओ सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *