दिल्लीको अदालतमा गोली चलाइयो, तीन जनाको मृत्यु

नयाँदिल्ली । दिल्लीको रोहिणी अदालत अगाडि गोली चलाइएको छ । भारतीय समाचार संस्था दि हिन्दुकाअनुसार उक्त घटनामा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार हतियारधारीले चलाएको गोली लागेर ग्याङस्टर जितेन्द्रमान गोगीको मृत्यु भएको समाचारमा जनाइएको छ । यस्तै प्रहरीको जवाफी कारबाहीमा दुई आक्रमणकारी पनि मारिएको छ ।

आक्रमणकारीले वकिलको पोशाक लगाएका थिए । आक्रमणमा एक महिला वकिलसहित तीन जना घाइते भएका छन् । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *