‘देव’ चलचित्रको गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । शङ्कर अधिकारी घायलको चलचित्र ‘देव’को गीत सार्वजनिक भएको छ । ‘पहरामा फुल्ने’ बोलको गीतमा अर्जुन सुनाम र सविना योङ्गहाङ्गको स्वर रहेको छ ।

दीपेन्द्र खड्काले लेखेको गीतमा गायक सुनाम र सूर्य राई सुनुवारको संगीत रहेको छ । भिडिओमा रवि खड्का र माया चाहारले अभिनय गरेका छन् ।

दुवस गुरुङको छायाङ्कन रहेको भिडिओको कोरियोग्राफी राजन महर्जनले गरेका हुन् । शंकरकै निर्देशन रहेको भिडिओ विश्वास भण्डारीले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *