डडेल्धुरामा किशोरीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

धनगढी । डडेल्धुरामा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले एक महिलासहित तीन जना पक्राउ परेका छन् ।

जिल्लाको परशुराम नगरपालिका- ३ मटेलाकी किशोरीमाथि सामूहिक बलात्कार भएको हो । बलात्कार गरेको आरोपमा प्रहरीले दार्चुला नौगाड गाउँपालिका-५ घर भएका २७ वर्षीय जगदीश धामी र उनलाई सघाउने परशुराम नगरपालिका-१० का २३ वर्षीय रामसिंह ठगुन्ना र किशोरीकी भाउजु नाता पर्ने २५ वर्षीया महिलालाई पक्राउ गरेको हो ।

असोज ५ गते बालिकामाथि सामूहिक बलात्कार भएको हल्ला भएपछि बलात्कार आरोपी फरार भएका थिए ।

बलात्कारबारे सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *