चलचित्र ‘कालो कोट’मा रोहित र छक्का पन्जा टिमको सहकार्य !

काठमाडौँ । छक्का पन्जा समूहले चलचित्र ‘कालो कोट’ निर्माण गर्ने भएका छन् । चलचित्र ‘छ माया छपक्कै’मा सहकार्य गरेका निर्माता रोहित अधिकारीले सोही समूहसँग मिलेर चलचित्र निर्माण तयारी गरेका हुन् ।

दीपकराज गिरी, दीपा श्री निरौला लगायतको समूहले चलचित्रको लेखन र कलाकार छनौटको काम एक साथ गरिरहेको छ । चलचित्रमा नकारात्मक भूमिकामा सौगात मल्ललाई लिने टिमको तयारी रहेको छ ।

चलचित्र निर्देशनमा सिमोस सुनुवारको नाम उच्च रहेको निकट स्रोतले जनाएको छ । चलचित्रमा जितु नेपाल मुन्द्रे रहने छैनन् भने दीपक, दिपा र केदार घिमिरेको मात्रै सहकार्य रहने चर्चा छ ।

चलचित्रमा ३ जना नायिका रहनेमा कसको अभिनय रहने छ‚ फाइनल हुन भने बाँकी रहेको छ । कोरोना सङ्क्रमण सामान्य भएको खण्डमा तिहारपछि छायाङ्कनमा जाने टिमको तयारी रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *