बजेट प्रमाणीकरण भए आजैबाट बजेट शून्यता अन्त्य हुने

काठमाडौँ  । सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, २०७८ प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका छन् । राष्ट्रिय सभाबाट पारित भएर आएको सन्देश प्रतिनिधिसभामा बिहीबार सुनाउँदै सभामुखले प्रमाणीकरणका लागि पठाएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रतिनिधिसभाको २०७८ असोज ४ गतेको बैठकबाट पारित भई सोही दिन राष्ट्रिय सभामा पठाइएको ‘विनियोजन विधेयक, २०७८’ बिहीबार राष्ट्रिय सभाको बैठकबाट पारित भएलगत्तै राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा प्राप्त भएको र त्यसलगत्तै सभामुख सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक आजै प्रमाणीकरण गरे आजैबाट बजेट शून्यताको अवस्था हट्नेछ । र सरकारलाई खर्च गर्ने बाटो खुल्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *