माधव-झलनाथको पार्टी बनाउन हामीले पनि मेहनत गर्‍याैँ : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी) गठनमा आफूहरुको पनि मेहनत परेको बताएका छन् । बिहीबार (आज) काभ्रेमा आयोजित योङ्ग कम्युनिष्ट लीगको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘माधवजी, झलनाथजीहरूको अर्को पार्टी बनेको छ,’ प्रचण्डले भने, ‘त्यो पार्टी बनाउनमा हाम्रो कम मेहनत छैन । तपाईंहरु पनि ती साथीहरूसँग सहज ढंगले सहकार्य बढाउनुहोला ।’

प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य, विप्लव र मोहनविक्रम सिंहको पार्टीसँग सहकार्य गर्न पनि काभ्रेका नेता कार्यकर्तालाई आग्रह गरे । ‘किरणजी विप्लवजी, मोहनबिक्रम सिंह, बाबुरामजीको पार्टीसँग हार्दिकतापूर्वक अन्तरक्रिया बढाएर लैजानुहोला । हामीले केन्द्रमा बढाइरहेका छौँ,’ प्रचण्डले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *