तीनमध्ये एक बालबालिकाले मात्र पाउँछन् पर्याप्त आहार : यूनिसेफ

‘कोभिड-१९ का कारण बाल आहारको स्थिति अझ ‘भयावह’ हुन सक्छ’

न्यूयोर्क । युनिसेफद्वारा आज जारी एक नयाँ प्रतिवेदनका अनुसार, २ वर्षभन्दा कम उमेरका बालबालिकालाई राम्रोसँग हुर्कनका लागि आवश्यक खाना वा पोषक तत्त्वहरू प्राप्त हुँदैनन्, जसले गर्दा कारण उनीहरूको शारीरिक तथा मानसिक विकासमा हानी हुन्छ ।

यस हप्ता हुन गइरहेको संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलनअघि जारी फेड टु फे ? अर्थात्‚ बालबालिकाको प्रारम्भिक जीवनमा आहार ङ्कले बढ्दो गरिबी, असमानता, द्वन्द्व, जलवायुसम्बन्धी प्रकोपहरू र कोभिड-१९ को महामारीजस्ता स्वास्थ्य आपतकालले सबैभन्दा साना उमेरका बालबालिकाहरूमा निरन्तर रहेको पोषण सङ्कटलाई पनि प्रश्रय दिइरहेको र पछिल्लो दश वर्षमा सुधारको सानो सङ्केत पनि नदेखिएको चेतावनी दिएको छ ।

‘प्रतिवेदनको निष्कर्ष स्पष्ट छ : जब जोखिम सबैभन्दा बढी हुन्छ तब, लाखौँ बालबालिकालाई खुवाउन असमर्थ  हुन्छौँ । जीवनको पहिलो दुई वर्षमा न्यून पोषणयुक्त पदार्थ सेवन गर्नाले बालबालिकाको तीव्र गतिमा बढिरहेको शरीर र मस्तिष्कमा अपरिवर्तनीय हानी पुर्‍याउँछ‚ जसले उनीहरूको शिक्षा, रोजगारीको सम्भावना र भविष्यलाई प्रभाव पार्छ । वर्षौँदेखि हामीलाई यो कुरा थाहा भएता पनि, बालबालिकाका लागि उचित पौष्टिक तथा सुरक्षित खाना उपलब्ध गराउनेतर्फ केहि प्रगति भएको छ । वास्तवमा, दिन प्रतिदिन कोरोना संक्रमण फैलिरहेको अवस्थामा सिर्जना भएका अवरोधहरूले स्थितिलाई झन् बढी जटिल बनाउन सक्छ ।’ युनिसेफका कार्यकारी निर्देशक हेन्रिएटा फोरले भने ।

९१ देशहरूको विश्लेषणपछि तयार पारिएको प्रतिवेदनअनुसार ६ देखि २३ महिनाका बालबालिकामध्ये आधालाई मात्र सिफारिस गरिएअनुसार दैनिक आवश्यकभन्दा थोरै खाना खुवाइन्छ । त्यसैगरी, एक तिहाई बालबालिकालाई मात्र उनीहरूलाई फस्टाउन आवश्यक पर्ने न्यूनतम खाना खुवाइने गरिन्छ । उपलब्ध प्रवृत्ति तथ्याङ्क भएका ५० देशहरूको थप विश्लेषणले खाना खुवाउने यी गलत प्रवृत्तिहरू पछिल्लो दशकभरि नै जारी रहेको खुलासा गरेका छन् ।

कोभिड-१९ ले अत्यावश्यक सेवामा बाधा पुर्‍याइरहेको र धेरै परिवारलाई गरिबीतिर धकेलिरहेको अवस्थामा उनीहरूले आफ्ना बालबालिकालाई खुवाउने खानामा पनि महामारीले प्रभाव पारिरहेको प्रतिवेदनले देखाएको छ ।

इन्डोनेसिया, नेपाल, मलावी, लेसोथो र केन्याको तथ्याङ्कमा कोभिड-१९ का कारण आयस्रोतमा पुगेको हानी र महामारीको प्रभावका कारण बालबालिकाको आहारको गुणस्तर बिग्रेको उल्लेख गरिएको छ । नेपालमा, युनिसेफले बालबालिकाको आहार र परिवारहरूले गुमाएको रोजगारीसहित सामाजिक-आर्थिक प्रभावहरूलाई निगरानी गर्न बालबालिका र परिवार ट्र्याकर सर्वेक्षण गर्दै आएको छ‚ र जसले देखाएको छ कि यो महामारीभरि नै ३ मध्ये १ परिवारले दैनिक प्राप्त गर्नुपर्ने आहार प्राप्त गर्न कष्ट भोगिरहेका छन् र बालबालिकाको विविध आहार ती परिवारका लागि ठूलो चिन्ताको विषय बनिरहेको छ ।

बालबालिकाले न्यून आहार र खाने अभ्यासको नराम्रो परिणाम जीवनभरि भोग्नुपर्ने प्रतिवेदनले देखाएको छ । सानै उमेरमा उनीहरूको वृद्धिका लागि चाहिने तरकारी, फलफूल, अण्डा, माछा र मासुमा पाइने पोषक तत्त्वहरूको अपर्याप्त मात्राले बालबालिकालाई कमजोर मस्तिष्क, कमजोर शिक्षा, प्रतिरक्षा, संक्रमण र सम्भावित मृत्युको जोखिममा पार्छ ।

पुड्कोपन र ख्याउटेपन तथा सूक्ष्म पोषक तत्त्वहरूको कमीका साथै खानाको गलत अभ्यासको कारणले हुने अधिक तौल र मोटोपनाले गर्दा दुई वर्षभन्दा कम उमेरका बालबालिका सबै प्रकारको कुपोषणको जोखिममा पर्छन् । बालबालिकालाई उनीहरूको प्रतिकिलोग्राम शरीरको तौलका निम्ति जरूरी पोषक तत्त्वहरूको आवश्यकता अन्यका लागि भन्दा अधिक हुने हुनाले र उनीहरूको आमाबुबाले उनीहरूको स्वास्थ्यप्रति देखाउने व्यवहार (जस्तै : रोगको रोकथाम र उपचारको कमी) का कारण यस्ता बालबालिका सबै प्रकारको कुपोषणको जोखिममा पर्छन् ।

विश्वव्यापी रूपमा ५ वर्षभन्दा कम उमेरका ख्याउटेपन भएका बालबालिकामध्ये आधाभन्दा बढी (करिब २ करोड ३० लाख बालबालिका) २ वर्षभन्दा कम उमेरका भएको यूनिसेफले अनुमान गरेको छ । त्यसैगरी, बालबालिकाको आहार उनीहरूको बढ्दो पोषणको आवश्यकताहरूसँग तालमेल राख्न असफल हुने हुनाले ६ महिनादेखि दुई वर्षको बिचमा पुड्कोपनको प्रकोप तीव्र गतिले बढ्छ ।

प्रतिवेदनका अनुसार, ६ देखि २३ महिना उमेरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने वा गरिब घरधुरीका बालबालिकाले सहरमा बसोबास गर्ने वा धनी साथीहरूको तुलनामा न्यून खाना खान्छन् । उदाहरणका लागि, २०२० मा, सहरी क्षेत्रहरूमा सिफारिस गरिएका खाद्य समूहहरूको न्यूनतम संख्या खुवाइएको २३ प्रतिशत बालबालिकाको तुलनामा ग्रामीण क्षेत्रहरूमा ३९ प्रतिशतको अनुपातले उच्च थियो । दक्षिण एसियामा ४ मध्ये १ भन्दा कम (१९ प्रतिशत) बालबालिकालाई न्यूनतम विविध आहार खुवाइन्छ ।

तर‚ सही प्रतिबद्धता र लगानी गरेमा परिवर्तन सम्भव छ । बङ्गलादेश, बुर्किना फासो, कम्बोडिया, कोटे डी आइभोर, गाम्बिया, किर्गिस्तान, माल्दिभ्स, नेपाल, सिएरा लियोन र तिमोर-लेस्टेजस्ता दस देशहरूले सिफारिस गरिएका खाद्य समूहहरूको न्यूनतम संख्या उपभोग गर्ने बालबालिकाको अनुपात पछिल्लो दशकमा १० प्रतिशत अङ्कले बढाएका छन् ।

सबै बालबालिकाले विविध आहारबाट लाभ उठाउन, उनीहरू बढ्न, विकास गर्न र आफ्नो पूर्ण क्षमतामा पुग्नका लागि सबै प्रकारको कुपोषणबाट उनीहरूलाई जोगाउन सबै क्षेत्रहरूमा लगानी सुनिश्चित गर्न आवश्यक छ ।

प्रत्येक बालबालिकालाई पौष्टिक, सुरक्षित र किफायती आहार प्रदान गर्न प्रतिवेदनले सरकार, दाता, नागरिक समाज, सङ्गठन र विकास कार्यकर्ताहरूलाई हातमा हात मिलाएर खाना, स्वास्थ्य र सामाजिक सुरक्षा प्रणालीलाई परिवर्तन गर्न आह्वानसमेत गरेको छ । अगुवाइसहितका प्रमुख कार्यहरू :

  • उत्पादन, वितरण र खुद्रा बिक्रीलाई प्रोत्साहित गर्दै फलफूल, तरकारी, अण्डा, माछा, मासु र फोर्टिफाइड खाद्य पदार्थसहित पौष्टिक खाद्य पदार्थहरूको उपलब्धता र किफायतमा वृद्धि ।
  • बालबालिकालाई अस्वस्थ प्रशोधित र अति प्रशोधित खाद्य पदार्थ र पेय पदार्थहरूबाट बचाउनुका साथै बालबालिका र उनीहरूका परिवारहरू लक्षित हानिकारक मार्केटिङ अभ्यासहरूलाई अन्त्य गर्न राष्ट्रिय मापदण्ड र कानूनको कार्यान्वयन ।
  • सजिलो र सुसङ्गत जानकारीसहित आमाबुबा र बालबालिकासम्म पुग्न डिजिटल मिडियासहित धेरै सञ्चार च्यानलहरूको माध्यमबाट पौष्टिक र सुरक्षित खाद्य पदार्थप्रति आकर्षणमा वृद्धि ।

संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलन हुनुअघि, नेपालसहित १८  युनिसेफ कार्यालयहरूले वेस्टर्न सिड्नी विश्वविद्यालयको युवा र क्षमतावान अनुसन्धान केन्द्रसँग मिलेर बालबालिका र युवाहरूसँग खाना, खाद्य वातावरण र खानाका अभ्यासको बारेमा गहिराइमा परामर्श गरेका थिए । यसबाहेक, एउटा यू रिपोर्ट पोलले पनि २२,००० भन्दा बढी बालबालिका र विभिन्न देशहरूमा युवाहरूबाट प्रतिक्रियाहरू जम्मा गर्‍यो  । मलाई खाना उपलब्ध गराऊ : खाद्य प्रणाली परिवर्तन गर्नमा बालबालिकाको विचार  प्रतिवेदनले संसारभरिका बालबालिकाद्वारा उनीहरूको जीवनको अनुभव र खाद्य प्रणालीबारे दृष्टिकोणका साथै २१ औँ शताब्दीका लागि खाद्य प्रणालीहरूमा पुनर्विचार र पुन: काम गर्नका लागि उनीहरूले परिवार, समुदाय, सङ्गठन, सरकारहरू,  युवाहरू आफैँबाट के आशा गर्दछन् भन्नेबारे आदान प्रदान गरिएका आफ्ना विचार र सिफारिसहरूबारे विश्लेषण समावेश गरिएको छ ।

नेपालमा बालबालिका र युवाहरूद्वारा आदान प्रदान गरिएका केही महत्त्वपूर्ण अन्तरदृष्टिहरू:

  • किशोरकिशोरीहरूको फलफूल र तरकारी जस्ता पौष्टिक र स्वस्थ खानाको छनौट मौसममा निर्भर रहेको छ । यी खानाहरू उनीहरूका लागि सधैँ सजिलै उपलब्ध र सुलभ छैनन् । यस प्रकारको पौष्टिक र स्वस्थ खानाको उपलब्धता र पहुँचको प्रमुख जोखिम यसको मूल्यसँग सम्बन्धित छ । प्रायः गरेर पौष्टिक र स्वस्थ खाना महँगा हुन्छन् ।
  • पौष्टिक र स्वस्थ खानाको खेतीमा संलग्न किसानहरूलाई किसानमैत्री नीति, आपूर्ति (बीउ, मल र कीटनाशक) र सीप (उत्पादन र मार्केटिङ) आदि मामिलामा राम्रो सहयोग छैन । फलस्वरूप, ठूला र साना बजारहरूमा यी पौष्टिक र स्वस्थ खाना महँगा हुन सक्छन् ।
  • विश्वव्यापी रूपमा बढ्दो तापक्रम, संसाधनको कमी, खराब गुणस्तरको बीउ, आनुवांशिक रूपबाट परिमार्जित बीउ, जैविक रोग, जलवायु परिवर्तन र अपरिवर्तनीय प्लास्टिक सामग्रीको अत्यधिक उपयोगले अस्थिर खाद्य प्रणालीमा योगदान पुर्‍याइरहेको छ ।

‘बालबालिका क्यालोरीको भरमा मात्र बाँच्न वा फस्टाउन सक्दैनन् । सरकारहरू, निजी क्षेत्र, नागरिक समाज, विकास र मानवीय साझेदारहरू र परिवारहरूसँग  मिलेर मात्र हामी खाद्य प्रणाली परिवर्तन गर्न सक्छौँ र प्रत्येक बालबालिकाका लागि पोषण, सुरक्षित र सस्तो आहार उपलब्ध गराउन सक्छौँ । सबै बालबालिकाका आवश्यकताहरूलाई पूरा गर्न आगामी संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलन विश्वव्यापी खाद्य प्रणालीको लागि मञ्च तयार गर्ने एउटा महत्त्वपूर्ण अवसर हो,’  फोरले भने ।

हालको स्थिति, प्रवृत्ति यस प्रतिवेदनमा प्रस्तुत बालबालिकाको आहारको असमानतामा मात्रात्मक तथ्याङ्क यूनिसेफको अन्तरराष्ट्रि रूपमा तुलनात्मक सांख्यिकीय रूपमा असल तथ्याङ्क मात्र समावेश भएको विश्वव्यापी डाटाबेसबाट लिएको युनिसेफको विश्वव्यापी डाटाबेसमा ७०७ वटा राष्ट्रिय प्रतिनिधिहरूबाट सय ३५ देश क्षेत्रहरूमा गरिएको सर्वेक्षण समावेश सले विश्वव्यापी रूपमा र्षभन्दा कम उमेरका सबै बालबालिकाहरूको ९० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्दछ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *