आर्सनल, चेल्सी, टोटनह्याम र लेस्टर अन्तिम १६ मा 

काठमाडाैँ । इंग्लिस लिग कप (कार्बाओकप) फुटबलमा बलियमा मानिएका इंग्लिस क्लबहरु आर्सनल, चेल्सी, टोटेनह्याम र लेस्टर सिटीले अन्तिम १६ मा स्थान बनाएका छन् । आर्सनलले एएफसी विम्बल्डनमाथि ३-० को  जित निकाल्दा चेल्सी र टोटनह्याम भने पेन्टी सुटआउटमा सफल भए ।

जारी सिजन इंग्लिस प्रिमियर लिगमा खराव प्रदर्शनको सिकार भएको आर्सनलले लिगकपमा भने प्रभावशाली प्रदर्शन गरेको थियो । आर्सनलका लागि ११औँ मिनेटमा एलेक्जेन्डर लाकाजेट्ले पेनाल्टीको सदुपयोग गर्दै पहिलो जित निकाले ।

७७औँ मिनेटमा स्मिथ रोइले आर्सनलको अग्रता दोब्बर पार्दा ८० औँ मिनेटमा इडे एनकेइटियाजले आर्सनलको अग्रता तेब्बर बनाए । अन्तिम १६ मा आर्सनलले लिड्स युनाइटेडको सामना गर्ने छ ।

लिग कप अन्तर्गत बुधबार रातीनै भएको खेलमा टोटनह्यामले उल्भरह्यमटनलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्दा लेस्टर सिटीले मिनवाललाई २-० ले हरायो ।

त्यस्तै चेल्सीले एस्टन भिल्लालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै लिग कपको अन्तिम १६ मा स्थान बनायो । लिग कपमा बुधबार निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल पेन्टी सुटआउटमा धकेलिएको थियो ।

चेल्सीका लागि रोमेलु लुकाकु, मासोन माउन्ट, रोस बार्कली, बेन चिलवेल र रिस जेम्सले गोल गर्दा एस्टन भिल्लाका अन्वर अल गाजी, इमि बियुन्डाई र अर्जी कोन्साले गोल गरे । एस्ले योङ र मार्भेलस नाकाम्बा भने पेनाल्टी सुटआउटमा गोल गर्न चुके ।

यसअघि दोस्रो हाफमा दुवै टीमले १-१ गोल गरेका थिए । ५४औँ मिनेटमा टिमो वार्नेरले चेल्सीलाई अग्रता दिलाए । त्यसको १० मिनेटपछि क्यामरुन आर्चरले एस्टन भिल्लालाई खेलमा फर्काएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *